
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनेपछि मुलुकमा विकासको गति बढेको बताएका छन् ।
देशमा आर्थिक, सामाजिक विकास र कूटनीतिक सम्बन्धका क्षेत्रमा पनि धेरै काम भएको उनको भनाइ छ ।
नेकपा एमाले सोलुखुम्बू–काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
‘पानी धमिल्याउने, माछा मार्ने,कमजोर राज्य बनाउने दोहन गर्ने, मुख्य पार्टीलाई किनारा लगाउने र बिचौलियाहरूले राज्य चलाउने,यो खालको श्रृंखलालाई हामीले रोक्ने प्रयत्न गर्यौं,अहिले त्यसलाई फेरि उल्टाउने खेल भइरहेको छ,’उनले भने ।
उनले अगाडि भने -‘मुलुकले अहिले एउटा कोर्स समातेको छ । यो कोर्स उल्टाउने र मुलुकलाई अस्थिरतातिर धकेल्ने कोसिस विभिन्न कोणबाट भइरहेको छ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि पनि अस्थिरताको खेल खेल्ने प्रयासमा रहेको ज्ञवालीले आरोप लगाए ।




