
काभ्रे। अखिल नेपाल किसान महासंघ,काभ्रेको सातौं जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले धिरज काफ्लेको अध्यक्षतामा उपाध्यक्ष अष्ट बहादुर तामाङ,महिला उपाध्यक्ष रुपा थापा,सचिव मनराज महत,उपसचिव शिव तिमल्सिना,महिला उपसचिव शुसिला खड्का र कोषाध्यक्षमा सन्तोष राउत चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा उक्त सम्मेलन भएको हो ।



