
काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघको नेपाल मोबिलिटि संवादको सिरिज सुरु भएको छ ।
बुधबार काठमाडौंमा कार्यक्रमको आयोजनागरी मोबिलिटि संवादको सिरिज सुरु गरिएको हो ।
संवाद कार्यक्रममा बोल्दै संघकी अध्यक्ष रितु सिंह वैद्यले नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताएकी छन् ।मोबिलिटि संवाद कार्यक्रममा उनले जनता र उपभोक्ताको आवाज सरकारसम्म पुर्याउनको लागि यो संवादको आयोजना गरेको भन्दै नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्ने बताईन् ।उनले भनिन्, ‘नेपाल मोबिलिटि संवादको सिरिज आज सुरु गरेका छौ । यसको मुख्य उद्देश्य के हो भने हाम्रो अटोमोबिल एशोसिएशनका सदस्य, उपभोक्त र सरकार एउटा संयुक्त नीति बनाउ र एकताबद्ध आवाज ल्याउ र यो सिरिज मार्फत जनता र हाम्रो उपभोक्ताको आवाज सरकारसम्म पु¥याउन सकौ भनेर संवाद सुरु गरेका छौ । नीतिगत तहमा निजी क्षेत्रलाई सरकारले अलिकति सहजीकरण गर्ने हो भने राम्रो हुन्छ ।’

यस्तै, उनले आफ्नो नीति र एजेण्डा स्थापना गर्नको लागि एउटा संस्था आवश्यक भएर नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ स्थापना गरेको पनि बताईन् ।साथै, उनले इभिको कर नबढाएर सहज भएको भन्दै सरकारलाई धन्यवाद पनि दिएकी छन् ।





