
काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)ले सचिवालयको बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए अनुसार चैत ४ गते सचिवालय बैठक बोलाइएको हो ।
काठमाडौं ।
सचिव डा.अधिकारीका अनुसार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेउक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।






