काठमाडौं । सेयर बजारमा परिसूचक १७.४४ अंकले सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार २६९२.१८ विन्दुमा पुगेको हो । कारोबार रकम पनि बढेको छ । आज कारोबार रकम दुई अर्ब पाँच करोड रुपैयाँले बढेको छ ।आज आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।
आज बुधबार ओम मेगाश्री, ग्रिन विकास बैंक र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ समूहको सेयर मूल्य १.७५ प्रतिशतले बढ्दा विकास बैंक समूहको सेयर मूल्य १.२७ प्रतिशतले उकालो लागेको छ ।





