
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्।
मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्।
मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ।
भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।
न्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने उनको सचिवालयले जनाएको छ।
साथै उनी झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नेछिन्।






