काभ्रे । नेपाल निजामती कर्मचारी संगठन काभैको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले गायत्रीरमण घिमिरेको अध्यक्षतामा पुरुषोत्तम हुमागाई उपाध्यक्ष,सपना ओली महिला उपाध्यक्ष,रामप्रसाद पाण्डे सचिव,परशुराम बन्जारा उपसचिव र महेन्द्र रावत कोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सदस्यहरुमा क्रमशः लिलानाथ सापकोटा,मनिका गुरुँग,पुर्णबहादुर बुढाथोकी,रमा श्रेष्ठ,अर्जुन ढकाल,सुबास गौतम,नमुना गौतम,प्रतिमा कटुवाल,दिनेश सत्याल,दिपेन्द्रसिं धामी,सबिता बराल,सुरेश लामा निर्वाचित भए ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा बास्कोटाले नागरिकहरुको हितमा गुणस्तरीय र शुसासन सहितको सेवा प्रदान गर्न अनुरोध गरे । कर्मचारीहरुले स्पष्ट विचारमा रहेर सक्रिय हुन तथा नागरिकहरुको सेवामा सम्झौता नगर्न अनुरोध गरे ।
अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, कर्मचारी निकट संगठनका विभिन्न तहका नेताहरु, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, मोर्चा प्रमुख प्रकाश रोक्का तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।