काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।
शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो ।
आज विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् ।
तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरे प्रति विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए ।
स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।