
काठमाडौं । मुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ।
सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए।
बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ।
सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए।






