
असार २४ ,मृत्युको क्षणमा तपाईंको साथमा रहन सबैभन्दा उपयुक्त व्यक्ति त्यो हुन्छ जसलाई मृत्युका चरणहरू बारे पर्याप्त ज्ञान हुन्छ — जसले तपाईंलाई त्यो यात्रा पार गर्न मार्गदर्शन दिन सक्छ, लय (विघटन) हुँदाका चरणहरूबारे सम्झाइदिन सक्छ, जसले गर्दा तपाईंले त्यस क्रममा आउने संकेतहरू चिन्न सक्नुहुन्छ । यदि त्यस्तो व्यक्ति उपलब्ध छैन भने, तपाईंको साथमा रहने व्यक्ति वा व्यक्तिहरू सकेसम्म स्थिर र शान्त चित्तका हुनु अत्यावश्यक हुन्छ ।
—जर्नी अफ द माइन्ड, पृष्ठ ३५ बाट







