
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदै छ ।
केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।
भोलिसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको पनि भट्टराईले जानकारी दिएका छन् ।
महाधिवेश भएको लामो समय भैसक्दा पनि पार्टीमा विभिन्न जिम्मेवारी बाँडफाँड बाँकी नै भएको अबस्थामा सो तिर पनि वैठकले ध्यान दिने अनुुमान गरिएको छ ।
