काठमाडौं ।स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।
मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ।
मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ।






