काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याएका छन् ।
काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसंख्या सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा सभापति देउवाले युवाको विदेश पलायन रोक्नु नै चुनौतीको विषय भएको बताउँदै यसतर्फ साझा व्यवस्थापनको खाँचो रहेको औँल्याए ।
‘युवापुस्ता राम्रो आम्दानीको स्रोतको खोजीमा बाहिर बसाइँ सर्दैछन् । त्यसैले एसियाको धेरै खालको विकासको अवधारणामा साझा व्यवस्थापनको खाँचो रहेको छ ।’ पूर्व प्रधानमन्त्री देउवाले भने ।
उनले युवालाई आवश्यकताअनुसार उद्यमशीलतामा जोड्न पर्नेमा जोड दिंदै यसो गर्न नसकिए झन विदेश पलायनमा वृद्धि हुनेमा चिन्ता व्यक्त्र गरे । साथै युवा पलायन रोक्नपर्नेमा उनले जोड दिए ।