
काठमाडौँ । नइ एकेडेमीले आगामी चैत २७,२८ र २९ गते (अप्रिल १०,११ र १२) काठमाडौँमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छन् ।
नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का संयोजक प्रा.डा.महादेव अवस्थी हुनुहुन्छ भने सल्लाहकारमा प्रा.केशव सुवेदी रहनुभएको छ । नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले उक्त जानकारी दिएका छन् ।



