
काठमाडौं । बिहीबार पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं सम्मेलन उद्घाटन गर्दै उनले छिट्टै पार्टी एकताको समाचार आउने बताएका छन् ।
“मलाई विश्वास छ– केही समयभित्रै नयाँ समाचार सुन्नुहुनेछ। एकताको र मोर्चाको। हामी लागिराखेका छौं। तपाईंहरूको सम्मेलनले त्योसम्बन्धी नीति, योजना र कार्यक्रम पारित गर्नेछ भन्ने मलाई विश्वास छ ।” उनले भने।
विद्यार्थीहरुलाई बाघको संज्ञा दिँदै प्रचण्डले सडक तताउन आग्रह गरे ।





