
काठमाडौ । सरकारले मंसिर १६ गते स्थानीय तहमा उपनिर्वाचन गर्ने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको रिक्त रहेको नगरपालिका, गाँउपालिका, जिल्ला समन्वय समितिको प्रमुख देखि लिएर वडा अध्यक्ष सम्मको पद खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो। हाल स्थानीय तहमा ४१ वटा विभिन्न पदहरु खाली छ ।








