
बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेट भएको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।
हालसम्म उनीहरुको परिचय खुली नसकेको प्रहरी बताएको छ ।






