
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. ११ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य किड हस्तान्तरण गरिएको छ ।
लाइन्स क्लव अफ नेपाल प्याराडाइज र दियालो फाउण्डेसनद्धारा क्यान्सर,डाइविटिज तथा स्वास्थ्य जाँच सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको सामाग्रीहरु करिव ५० हजार रुपैयाँ बरावरको भएको क्लवका कोषाध्यक्ष लोकेन्द्र खड्काले इ खबर नेटलाई बताए ।

खड्काका अनुसार कार्यक्रममा लाइन्स अध्यक्ष नविन प्रकाश तिवारी,लाइन्स क्लव अफ इन्टरनेशनलका ३२५ जी क्लष्टरबाट रीता दाहाल,रिजनल चेयसपर्सन रामकृष्ण भट्टराई लगायत सहभागी भएका थिए ।

