
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तान दुबै मित्रराष्ट्रलाई आपसमा नलड्न सुझाएको बताए ।
उनले आफुहरुले कुराकानी गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकिएको पनि वताए ।
लुम्बिनीमा आज आयोजित २५६९औं बुद्ध जयन्तीको उपलक्ष्यमा मूल समारोहमा ओलीले यस्तो कुरा बताएका हुन् ।
दुबैदेशले संयम अपनाएकोमा उनले भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए ।
उनले भने -“झण्डै झण्डै केहीदिन अगाडिमात्रै हाम्रो छिमेकमा अलिकति हात हालाहाल भएको थियो तर त्यो हात हालाहाल बढ्न भने पाएन् । संयमका लागि उहाँहरुलाई धन्यवाद छ ।”
“उहाँहरुसंग पनि कुरा गरेउँ । नभन्दै उहाँहरुले लडाईमा जान नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । फेरी पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।”
बुद्धका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै प्रधानमन्त्री ओलीले विश्व मानवको अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको दर्शन र सन्देशलाई विश्वभर अझै फैलाउनुपर्ने आवश्यकता रहेको औल्याए ।
