काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ।अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावी सहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।
ललितपुरको लेले र नल्लुका ढुंगाखानी उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ।अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेश गरेको छ ।