काठमाडौं । स्पेनिस ला लिगामा हेन्सी फ्लिकको टोली बार्सिलोनाले भालाडोलिडविरुद्ध ७–० को फराकिलो जित निकालेको छ ।
शनिबार स्टाडियो ओलिम्पिक लुई कोम्पनीजमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरे । यसबाहेक, रोबर्ट लेवान्डोवस्की, जुलेस कोउन्डे, ड्यानी ओल्मो र फेरान टोरेसले समान एक गोल थपे । योसँगै राफिन्हा ला लिगा २०२४–२५ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने ।
चार खेलबाट १२ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ ।