काठमाडौं ।
लोकप्रिय गीतकार,गायक एवं चिकित्सक डा. भोला रिजाल अमर भावना राष्ट्रिय श्रष्टा सम्मान २०८० बाट सम्मानित भएका छन् ।
गीतकार संघ नेपालले आफ्नो स्थापना १५ औं स्थापना दिवसको अवसरमा हालै राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामांगले उक्त सम्मान प्रदान गरे। एकलाख एकाउन्न हजार नगद सहित माला र ताम्रापत्रद्धारा उनलाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा मैथिली गीतकार अशोक दत्तलाई २५ हजार दुईसय ५२ रुपैयाँ सहित विष्णु मनसरा मातृभाषा २०८० प्रदान गरियो भने पद्या लिंखा मगरलाई १५ हजार सहित बर्ष डायस्पोरा गीतकार सम्मान प्रदान गरियो ।
भैरवनाथ रिमाल वर्षगीत पुरस्कारबाट मदनमाबो र विष्णु भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँ सहित पुरस्कृत भए । यसवर्षको जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कारबाट पूर्णबहादुर साउद पुरस्कृत भए ।