
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको अन्तरले पराजित गरेको थियो ।
नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।





