
काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै भेटवार्ता भएको छ।
आइतबारै दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्।
प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो।
‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,’ उनले भने ‘उहाँहरूबीच समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भनेर कुराकानी भएको छ।’
दुई नेताबीच शनिबार बिहान नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। शनिबार संखुवासभा रहेका प्रचण्ड फर्कन ढिला भएकाले भेटवार्ता आजलाई सरेको थियो।
तर भेटवार्तामा के के भयो खुलाइएको छैन् ।


