काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी क्षेत्रमा मर्निङ वाक गर्न पाउनेगरी खुला गर्ने तयारी गरेको छ । रंगरोगन र मर्मतसम्भार पछि रानीपोखरी भित्र मर्निङ वाकका लागि खुला गरिने योजना महानगरले बताएको छ ।
पोखरीको निरीक्षण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, “रंगरोगन गर्ने, मर्मत गर्नुपर्ने ठाउँमा मर्मत गर्ने , त्यसपछि बिहान हिँडडुल गर्न खुला गर्ने तयारीमा लागेका छौँ ।”
महानगरले रानीपोखरीमा रातीको लागि नाइट लाइट राखेर झिलिमिलि बनाउने योजना रहेको पनि बताएको छ ।








