काठमाडौ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा किभका निम्ति १२ करोड ५० लाख डलरबराबरको थप सैन्य सहयोगको घोषणा गरेका छन् ।
यस प्रकारको सैन्य सहयोगमा ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका निम्ति गोलाबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।
बाइडेनले युक्रेनका निम्ति सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाएका छन् ।