काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको आँशिक प्रभावसँगै भारतको उत्तरप्रदेश र पश्चिम बंगालसम्म फैलिएको मनसुनको न्यून चापीय क्षेत्रको पनि आँशिक प्रभाव रहेकोले जल तथा मौसम विज्ञान विभागले देशभर आँशिक देखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी र लुम्बिनी प्रदेशको एकदुई ठाउँमा मेघगर्जन सहित पानी पर्ने र चट्याँगको पनि सम्भावना भएको जनाएको छ ।
विभागकै अनुसार आज दिउँसो देशभर आँशिकदेखि साधारणतया बदली हुनेछ । कोशी ,मधेश र बागमीत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्यांग सहित हल्कादेखि मध्यम बर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी,मधेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याँग सहित हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको तथा देशका उच्च तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।