
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी) सम्मेलनमा सहभागी हुन कतारी राजा शेख तमिम विन हमाद अल थानीले तर्फबाट निमन्त्रणा आएको छ ।
प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर निमन्त्रणा हस्तान्तरण गरे।
नेपाल एसीडीको सन् २०१६ देखि सदस्य रहि आएको छ ।
सो भेटमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो ।








