
काठमाडौं । कथाकार सुलोचना मानन्धरको को कथाकृति ‘एक जोर आँखा’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार भागीरथी श्रेष्ठ, कथाकार सुलोचनालगायतले कृति सार्वजनिक गरेका हुन् ।
भागिरथी श्रेष्ठले समेत बोलेको उक्त कार्यक्रममा कथाकारसँग उज्वला महर्जनले अन्तरक्रियात्मक संवाद गरिन् । अन्तरक्रियामा उठेका प्रश्नहरूको कथाकारले जवाफ दिएकी थिइन् ।







