
काठमाडौ । नेपालले महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ ।
काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । दक्षिण एशियामा नेपालको खेलकुदमा जहिलेपनि प्रतिष्पर्धी भनेको भारत नै हो ।यसैगरी भारतलाई हराउन सकेको भनेकै महिला भलिवलमा हो । के २०१९ को हारको बदला लिन सक्ला नेपालले ? अबसर छ बदला लिने । यसको लागि उच्च मनोवल पहिलो कुरा हुनुपर्दृछ ।
यसपालाको लिग चरणमा नेपालले इरानसँग मात्र हार बेहोरेको छ । अरु तीन खेल जितेको नेपालले भारत,माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो । घरेलु खेलमैदानको नेपालले फाइदा उठाउनुपर्दछ । दर्शकको उत्साहपूर्ण सहभागिता पनि नेपालको लागि अबसर हुनेछ । फेरी गत शनिबार मात्र कावा वोमन्स लिगमा भारतलाई नेपालले हराएको हो । यसबाट पनि उत्साहित भएर खेल्न पर्दछ ।
खेलाडीहरुलाई भारतिय टीमबारे धेरै जानकारी भएकोले पनि नेपाललाई सहज हुने नेपाली प्रशिक्षक जगदीश भट्टले बताएका छन् । उनका अनुसार धेरै भारतिय खेलाडीले नेपालमा धेरै खेल खेलीसकेकोले हामीलाई उनीहरुको धेरै कुरा जानकारी छ । त्यहि अनुसारको रणनीति बनाएर उच्च मनोबलका साथ नेपाली खेलाडीले खेल्ने पनि उनले बताए । भारतीय टिमबारे धेरै जानकारी रहेको भन्दै प्रशिक्षक भट्ट इरानसँग भन्दा सहज हुने बताउँछन् । ‘इरानसँग भन्दा हामीलाई भारतसँग खेल्न सहज हुन्छ । उनीहरुको कमजोर र बलियो पक्ष हामीलाई थाहा छ । कुन खेलाडी कसरी खेल्छ थाहा छ ।’उनले भने ।




