
भक्तपूर । सँझ्या : साहित्यले ‘कला र कविताका पक्ष’मा स्लोगनका साथ आयोजना गरेको कविता बाचनमा यस पटक कवि छविरमण सिलवाल,दिलकुमारी डंगोल र सिजन श्रेष्ठ सुनिए ।
शनिबार नयाँ थिठीमा आयोजित कार्यक्रममा तीनै कविले आफ्ना पाँचरपाँच कवितावाचन गरे भने नेपालगन्जबाट आएकी कवि कमला डीसीले केही मुक्तक र एउटा कविता वाचन गरिन् ।
साहित्यकार अभय श्रेष्ठले सँझ्या साहित्यमा कविता वाचनका साथै यदाकदा कवितामाथि अन्तरक्रिया समेत गरिँदै आएको जानकारी दिए ।
विगत लामो समयदेखि कविहरू अभय, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना र नवीनप्रकाशको सक्रियतामा यो कार्यक्रम गर्दै आएको सँझ्या : साहित्यले ‘कला र कविताका पक्ष’मा स्लोगनका साथ हरेक महिना कविहरूलाई मञ्च प्रदान गर्दै आएकोे कवि रामगोपाल आशुतोषले इखबर नेटलाई जानकारी दिए ।




