
काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक होटलमा आगलागी भएको छ।
सिनामंगल–तिलगंगा सडक खण्ड अन्तर्गत विमानस्थलको तत्लो गेट बिपरिततर्फ रहेको सिटी होटेलको माथिल्लो तल्लामा आगलागी भएको हो।
आगलागी भएपछि काठमाडौं महानगर र बिमानस्थलको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीका कारण माथिल्लो तल्लामा रहेको गोदामका सामानहरु जलेर नष्ट भएको छ । होटल सञ्चालक भरत लामिछानले विधुत सर्ट भइ आगलागी भएको हुनसक्ने भन्दै लाखौको धनमाल जलेर नष्ट भएको बताउनुभयो । आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
होटल सञ्चालक भरत लामिछानले विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने भन्दै लाखौँको धनमाल जलेर नष्ट भएको बताए।
आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






