काठमाडौं।नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज अन्तिम खेल हुँदै छ ।
यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ ।
यो प्रतियोगितामा पालको टोली स् रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।
यसैगरी वेस्ट इन्डिजको टोलीमा अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर रहेका छन् ।