
काटमााडौ । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष पदमा नेपाल निर्वाचित भएको छ ।
५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन।
यसको अध्यक्षमा क्यानडा चुनिएको छ भने नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका हुन् ।







