काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ती विरुद्धको रिटमाथिको बहस सकिएको छ । चार वर्ष पुरानो मुद्दाको बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ । यस्तै, यही जेठ २८ गतेका लागि निसु (फैसला सुनाउने ) भएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।