जनकपुर । ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ मनाइएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) धनुषा शाखाको आयोजनामा शुक्रबार बिहान जनक चोकदेखि रेलवे स्टेशनसम्म प्रभातफेरी गरिएको हो ।
सो क्रममा क्यान धनुषाका अध्यक्ष विनय साहले वर्तमान युग कम्प्युटर र प्रविधिको भएको उल्लेख गर्दै प्रगतिको लागि कम्प्युटर ज्ञान अपरिहार्य रहेको बताए ।
‘डिजिटल नेपालको सपना साकार पार्न सामूहिक सोच र प्रयासको खाँचो छ,’उनले भने । उनले प्रविधि बिना अहिले विकास सम्भव नभएको भन्दै नयाँ सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार गर्न गम्भिर भएर लाग्नुपर्ने बताए ।
उनले अन्य देशको तुलनामा प्राविधिक क्षेत्रमा नेपाल कयौं गुणा पछाडि रहेकाले तीनै तहको सरकारलाई प्रविधिमैत्री बन्न सुझाव दिए ।