काठमाडौं ।वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भएको छ।
आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको हो । पारिवारिक स्रोतले उहाँको निधनको पुष्टि गरेको हो
९७ वर्षका रिसालको आइतबार राति निधन भएको हो ।उनले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने परिवारले जनाएको छ ।
०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले पछिल्लो रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाउँदै आएका थिए । उनले ०५६ बाट सुरु गरेको कुरोकन्थो गत २९ साउनमा बिट मारेका थिए । उनले ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला पनि लामो समय चलाएका थिए । उनी नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुन् । रिसालले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
उनका ‘साधुलाई शूली’ (जेल डायरी), ‘उहिलेको बाजेको पालामा’ ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति, ‘सुशीला–भैरव’ ‘भैरव दाइ’, ‘उहिलेको नेपाल (अनूभवसंग्रह),भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ लगायत पुस्तक प्रकाशित छन् ।
बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालप्रति हार्दिक श्रद्धान्जली ।