काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।
सोमबार बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् ।
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो । यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश लिएका थिए ।