काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ ।
टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएको ५.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
काठमाडौंमा पनि उक्त धक्का सामान्य महसुस गरिएको थियो ।






