काठमाडौं।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन्।
संघीय संसद् सचिवालयले युट्युब पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरेलगत्तै पत्रकारको नियामक निकाय काउन्सिलका अध्यक्षको यस्तो धारणा सार्वजनिक भएको हो ।
‘उनले भने पत्रकार पत्रकार मात्र भइरहे र पत्रकारले पत्रकारिता बाहेक अरू सबै काम गर्ने अहिलेको कतिपय प्रवृत्तिको अन्त हुन सके, हिजोआज देखिएका समस्या आफैं हल हुन्छन्।’
संसद सचिवालयले पत्रकारलाई संसदभित्र रिपोर्टिङका लागि पास उपलब्ध गराउँदै आएको छ। यस घटनाले पत्रकारिताको मर्यादा, स्वतन्त्रता र दायित्वबारे नयाँ बहस सुरु गरेको छ। यसलाई लिएर विभिन्न व्यक्तिहरुले विभिन्न धारणा बनाएका छन् ।