काठमाडौँ । काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स कोर्समा सहभागी हुन ४ जना बङ्गलादेशबाट आएका छन् भने बाँकी २२ जना नेपाली रहेका छन् ।
उनीहरूलाई एटिबा बेडले ५ दिनसम्म प्रशिक्षण दिने छन् । बेड पूर्व एनसीएए अल–अमेरिकन पौडीबाज तथा दुई पटकको युएस ओलम्पिक ट्रायल्स छनोट भएका बेड हिगो फिटनेसका पनि संस्थापक हुन् । उनले ड्राइ ल्यान्ड फिटनेस ट्रेनिङ, पौडी प्रशिक्षण, पोषण सम्बन्धी सल्लाह तथा पौडीबाजहरूको भिडियो विश्लेषण गरेर नेपालमा पनि दक्ष प्रशिक्षक उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य अञ्जन धमलाले यस्ता प्रशिक्षणले नेपालको पौडी खेलमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण निजी क्षेत्रबाट भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा राखेप पनि सहकार्य गर्न तयार रहेको बताएकाठमाडौँमा स्विमिङको एस्का सर्टिफिकेसन क्लिनिक सुरु
काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स कोर्समा सहभागी हुन ४ जना बङ्गलादेशबाट आएका छन् भने बाँकी २२ जना नेपाली रहेका छन् ।
उनीहरूलाई एटिबा बेडले ५ दिनसम्म प्रशिक्षण दिने छन् । बेड पूर्व एनसीएए अल–अमेरिकन पौडीबाज तथा दुई पटकको युएस ओलम्पिक ट्रायल्स छनोट भएका बेड हिगो फिटनेसका पनि संस्थापक हुन् । उनले ड्राइ ल्यान्ड फिटनेस ट्रेनिङ, पौडी प्रशिक्षण, पोषण सम्बन्धी सल्लाह तथा पौडीबाजहरूको भिडियो विश्लेषण गरेर नेपालमा पनि दक्ष प्रशिक्षक उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य अञ्जन धमलाले यस्ता प्रशिक्षणले नेपालको पौडी खेलमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण निजी क्षेत्रबाट भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा राखेप पनि सहकार्य गर्न तयार रहेको बताए