
धूलिखेल,काभ्रे । गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो। आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यो आगलागीमा परी नजिक रहेको कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत नष्ट भएको छ ।








