काठमाडौ । डेंगु रोग ७२ जिल्लामै पुगिसकेको छ । यसको संक्रमणबाट अहिलेसम्म ७२ जिल्लाका १ हजार १ सय ७५ जना संक्रमित भएका छन् । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजोसम्म त्यो संख्यामा संक्रमण फैलिएको हो । मनसुन सुरुभएसँगै एडिस एजिष्टाई नामको लामखुट्टेको प्रजनन अनुकुलको वातावरण हुने हुँदा डेंगुको फैलावट धेरै हुने महाशाखाले जनाएको छ ।