काठमाडौं ।आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ।
मलेसियाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ।
आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्याण्डविरूद्ध राम्रो सुरूवात गरेपनि नेपालले स्कटल्याण्डको अन्तिम विकेट लिन सकेन।
अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो।




