
काठमाडौं ।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।
न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईँका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।








