
पनौती । बन्जारा बन्जाडे समाज नेपाल,काभ्रेको दोस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभा काभ्रेको पनौतीमा सम्पन्न भएको छ।
पनौती नगरपालिकाका प्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष गीता तिमल्सिना बन्जाराको विशेष आतिथ्यतामा तथा महासचिव दिपेन्द्र बन्जाराको सञ्चालनमा उक्त अधिवेशन कार्यक्रम सम्पन्न भयो।

अधिवेशनबाट श्री शिव प्रसाद बन्जाराज्यूको अध्यक्षतामा उपाध्यक्ष श्री देशराज बन्जारा ,सचिब श्री केशब बन्जारा , काेषाध्यक्ष श्री बेद प्रसाद बन्जारा,सदस्यहरुमा क्रमशः श्रीमती समिता बन्जारा , सदस्य श्री त्रिलाेचन केसी बन्जारा , सदस्य श्री गाेकुल बन्जारा , सदस्य श्री राजकुमार बन्जारा , सदस्य श्री उत्तम बन्जारा ,सदस्य श्रीमती रेश्मा चाैलागाँई बन्जारा , सदस्य श्रीमती सावित्री बन्जारा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी समाजको सल्लाहकारमा भिमसेन केसी बन्जारा र रामकृष्ण बन्जारा चयन भए ।

अधिवेशनमा केन्द्रिय उपाध्यक्ष तारा बंजाडे,संस्थापक अध्यक्ष अर्जुनप्रसाद बन्जारा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । देशराज बन्जाराको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।








