
पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अहिलेको मौसममा सबै भन्दा धेरै संक्रमित पत्ता लाग्ने पनि चिकित्सकहरुले बताएका छन् । मुसामा समेत पाइने स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्दछ ।






