
काठमाडौं । नोबेल समितिले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ । हिरोशिमा र नागासाकीमा पारमाणविक बम हमलापछि बाँचेकाहरूले सुरु गरेको संस्था जसलाई स्थानीय भाषामा हिबाकुशा भनिन्छ,त्यसले पाउने भएको छ ।
आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने उनीहरूको अभियानका निम्ति शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।






