
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् ।
सचिवालयमा अध्यक्ष पद छोड्नुपर्ने कुरा उठेपछि उनले त्यस्तो कुरा बताएका हुन् ।शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने क्रममा केही नेताले राजीनामा दिएर एमाले पुनर्गठनका निम्ति मार्गप्रशस्त गर्न नेतृत्वलाई सुझाव दिए । केही नेताले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
बैठक अझै सकिएको छैन् ।
नेकपा (एमाले)सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरूले फरक–फरक धारणा राखेका छन् ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने क्रममा केही नेताले राजीनामा दिएर एमाले पुनर्गठनका निम्ति मार्गप्रशस्त गर्न नेतृत्वलाई सुझाव दिए । केही नेताले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे ।
यस दिन बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवले धारणा राखेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । आइतबार (जेठ १०) सचिवालय बैठक पुनः बस्ने र बाँकी चार सचिवले धारणा राख्ने उनले बताए । त्यसपछि अध्यक्ष ओलीको जवाफसँगै बैठक सम्पन्न हुने उनको भनाइ छ ।
उपमहासचिव भट्टले बैठकआइतबार बिहान ११ बजे पुनः बस्ने बताए ।
