काभ्रे ।प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद तथा पुर्व मन्त्री, एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटा सहितको टोली काभ्रेपलाञ्चोक जिल्लामा असोज १०–१२ परेको वर्षात, त्यसबाट पुगेको क्षति, क्षति पछिको अवस्था, नागरिकहरुको तत्काल खोज तथा उद्दार, उपचार, राहत र पुर्नस्थापनका लागि आवश्यक प्रकृया सहित वस्तुस्थितीका बारेमा जानकारी लिन विभिन्न स्थानको स्थलगत निरिक्षणमा पुगेका छन् ।
यस क्रममा उनले पीडितहरुसँग आवश्यक सुझाव पनि लिएका छन् । उनीहरुको समस्या पनि जानकारी लिएका छन् ।
उनले उनले प्रारम्भिक विवरणहरु वडा कार्यालय मार्फत संकलन गरी सरकारी स्तरबाट तथा विभिन्न संघ संस्था र अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका नेपालीहरुका तर्फबाट सहयोग जुटाउने र स्थानीय सरकार मार्फत नै नागरिकहरुलाई उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।
पूर्वमन्त्री बास्कोटाले पनौती वडा नम्वर १, २, ३, १०, ११ र १२ नम्वर वडाको क्षतिग्रस्त स्थलको निरिक्षण पनि गरे । पनौती नगरभरी १८जनाले ज्यान गुमाएका छन् भने केह्री अझै वेपत्ता भएका छन् । बेथानचोकमा १२ जनाले जीवन लिला सकाएका छन् ।
बास्कोटासँगै पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भिम न्यौपाने, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्य सुर्दशन हुमागाई, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, पत्रकार महासघ,काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने तथा स्थानीय नेता र नागरिकहरुले लगायतको टोली विभिन्न स्थानमा पुगेर पीडितहरुको अवस्था, क्षतिको अवस्था र तत्काल र दीर्घकालिन रुपमा गर्नु पर्ने आवस्यकताका बारेमा जानकारी लिएका थिए ।
उनले भने कृषकहरुले ब्यहोर्नु परेको कृषि तथा पशुपालन क्षेत्रका समस्यालाई पनि तत्कालै सम्बोधनका लागि सरकारलाई अनुरोध गरिएको छ ।
पिडीतहरुलाई यथासक्य चाँडो राहत तथा आधारभुत आवश्यकताका सामाग्री उपलब्ध गराउने बताए ।
तेमाल, मण्डनदेउपुर, भुम्लु, रोशी, चौरीदेउराली, नमोबुद्ध, बनेपा, पनौती, धुलिखेल, महाभारत, खानीखोला गाउँपालिकाका प्रभावितहरुलाई तत्कालै राहत र पुर्नस्थापना तथा संचार र सडकसँगको सम्वन्ध स्थापित गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको पनि उनले बताए ।
काभ्रेमा बाढीपहिरोमा परी ७२ जनाको मृत्यू भएको छ ।